बेपत्ता राजेन्द्र गुरुङ्ग

दमक, ३१ असोज–दमक–१ मा अवस्थित हेप्ीि नेपाल नामक एक सुधार गृहबाट एक पुरुष छ दिन अघिदेखि बेपत्ता भएका छन् । दमक-५ जागृति टोलका राजेन्द्र गुरुङ्ग हेप्पी नेपाल नामक सुधार गृहबाट वेपत्ता भएका हुन् ।

हेप्पी नेपाल र पीडित गुरुङ परिवारद्धारा पत्रकार सम्मेलनमार्फत वेपत्ता राजेन्द्र गुरुङको खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।

हेप्पी नेपालको कार्यालयमा बिहिबार पत्रकार सम्मेलन गरेर सुधार गृहमा स्वंयसेवक भएर बसोबास गरिरहेका ५४ बर्षिय राजेन्द्र गुरुङको खोजीमा सहयोग पुरयाँईदिन सवैसंग आग्रह गरिएको छ ।

हेप्पी नेपालका अध्यक्ष कुमार गुरुङ्गका अनुसार विगत २–३ वर्षअघिदेखि संस्थामा स्वंयसेवकको रुपमा कार्य गरिआएका राजेन्द्र गत असोज २५ गते दिउँसो हेप्पी नेपालबाट हराएका हुन् । विना जानकारी बेपत्ता भएपछि संस्थाले हराएका गुरुङको खोजतलासमा सहयोग पुरयाँईदिन आग्रह गरिएको उनले बताए ।

शुरुमा अत्यधिक मादक पदार्थ प्रयोगकर्ता रहेका राजेन्द्रलाई हेप्पी नेपालको सुधार गृहमा राखेर कुलत मुक्तभएपछि सोही संस्थामा स्वयसेवक रहेर जिम्मेवारी पूरा गरी आएका संस्थाका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

राजेन्द्रको बहिनी मुनाले सुधार गृहमा बसिरहेका दाजु एकाएक हराएपछि खोजतलास गरिएपनि अझैसम्म अत्तोपतो नभएको सुनाईन् । उनले घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा हुलिया गरिएको बताईन् । उनका अनुसार अविवाहित राजेन्द्र पछिल्ला समय मनोरोगबाट पीडित थिए ।

नियमित औषधी सेवन गरिआएका उनको परिवारसंग राम्रै सम्बन्ध रहेको भएपनि खबर नै नगरि सुधार गृहबाट नैं एकाएक लापत्ता भएपछि आफूहरु चिन्तित भएको बहिनी मुनाले बताईन् । उनले भनिन् , –‘दाजु तपाई वेपत्ता भएको घटनाले हामी अत्यन्त चिन्तित छौं । तपाई जहाँ भएपनि हाम्रो सम्पर्कमा आईदिनुस । तपाईको पर्खाईमा छौं । ’

दाजुको अवस्था के कस्तो छ ? सुधारगृह र घरमा मात्र आउआउ गरिआउने दाजुको लापत्ताले परिवार मात्र नभएर सुधार गृहका हामी सवै नै दुखित हुनुपरेको हेप्पी नेपालका अध्यक्ष गुरुङ बताउँछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *