काठमाडौं, ३१ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने प्रष्ट पारेका छन् । आफ्नो काँधमा जिम्मेवारी भएको दाबी गर्दै त्यो पूरा नगरी राजीनामा नदिएको बताएका हुन् ।
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्दै भने, ‘‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’
अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीश भइसकेकी सुशीला कार्की प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन्। कार्कीले नै पद अस्वीकार गर्नुपर्ने पक्षमा आफू रहेको पनि उनले बताएका थिए।
‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो, उहाँले नै अस्वीकार गर्नुपथ्र्यो। मैले त केयर टेकर ९काम चलाउ० प्रधानमन्त्रीको रूपमा सबैसँग छलफल गर्नुस् भनेको थिएँ। मैले छलफल गर्न पाइनँ। म त सैन्य सुरक्षामा थिएँ। सायद उहाँहरूले हामीसँग संवाद नगर्ने भन्नु भएको होला,’ ओलीले बैठकमा भने।
ओलीले आफूलाई नरम भाषामा बोल्नु भन्ने नेताहरूलाई आक्रोश पोखे । ‘साथीहरुले नरम भाषा बोल्नुस् भन्नु भएको छ, यसमा चिनी थपिदिनु,’ उनले भने, ‘हामीले गरेका कामहरु देखेकै छ, विकास देखेकै छ। त्यसै भएर हमला गरेका होलान्, साथीहरुले मौका पाउनु भएको छ र हमला गर्नु भएको छ, मैले योभन्दा चर्को हमला सुनेको छु१ ०७६ मा सहेको छु, ०७८मा पनि सुनेको छु। कहिले मैले आलोचना सहेको छैनर रु’
‘यो सरकार मलाई थुन्ने प्रयासमा छ’
ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफूलाई जसरी हुन्छ थुन्ने प्रयासमा रहेको आरोप लगाए । ‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै केही भेटिएन। हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ,’ ओलीले भने, ‘जेजनीले यो माग गरेका छैनन्। तर सरकारमा भएकाहरू जेनजीको माग भनेर दाबी गरिरहेका छन्। जेनजीले हामी दलविरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्।’

