अनिलदेब राई/डुडामारी (शिबसताक्षी), १ कार्तिक–कला, साहित्य र संस्कृतिको विकास र योगदान गर्ने उदेश्यले झापाको शिबसताक्षी–८ डुडामारी चोकमा ‘वाहिजो खुल्ला अनलाईन कविता वाचत प्रतियोगिता’ हुने भएको छ ।

नेपाली साहित्य क्षेत्रका वरिष्ठ सर्जकहरुसहितको विज्ञ कविता छनौट समितिले मूल्याङ्कन गरिने प्रतियोगिताका बिजेताले नगद २१ हजार, उपबिजेताले नगद ११ हजार र तीतृया तथा सान्तवाना पुरस्कार प्रदान गरिने भएको छ ।

आज (शनिबार) डुडामारीमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘वाहिजो खुल्ला अनलाईन कविता वाचन प्रतियोगिता’ आयोजक समितिले प्रतियोगिताका बारेमा जानकारी गराएको हो । धरमपुरका पुराना कवि तथा नाटककार हर्क खेवा खाम्बेक्साले २०७७ सालमा प्रकाशित कविता सङ्ग्रह ‘वाहिजो’ को ब्यानरमा प्रतियोगिता आयोजना गरिएको हो ।

सो प्रतियोगिताबाट संङ्कलित रुँपैयाले कवि तथा सर्जक हर्क खेवा ‘खाम्वेक्सा’को स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

विद्यार्थीकालिन उमेरमै नाटक लेखन, निर्देशन, कलाकार, कविता लेखन र पत्रकारितामा सक्रिय हर्क खेवा पछिल्लोसमय धार्मीक सेवामा क्रियाशिल हुनुहन्छ । ४७ वर्षिय कवि खेवा पेट र नशासम्बन्धिको समस्याले पीडित हुनुहुन्छ । वहाँको ०७७ सालमा कविता सङ्ग्रह ‘वाहिजो’ प्रकाशन भएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष जसकुमार तामाङले खुल्ला अनलाईन कविता प्रतियोगितामा सहभागिहरु देश तथा देश बाहिर जुनसुकै मुलुकहरुबाट सहभागि हुन सक्ने बताउनुभयो ।

डुडामारीमा राजनीति र व्यवसायमा समेत स्थापित प्रतियोगिता आयोजक समितिका अध्यक्ष तामाङका अनुसार प्रतियोगितामा सहभागि कवि–कवियत्रीहरुले वाट्सअप मोबाइल नम्बर ९८२८३०४८०६ मा पठाउनुपर्नेछ । नेपाली भाषासहित मौलिक भाषाहरुमा रचना गरिएका कविता पाँच मिनेटसम्मका भिडियो सामाग्रीहरु हुनुपर्ने छ ।

प्रतियोगितामा समावेश गरिएका कविता (भिडियो) यसअघि फेसबुक, टिकटक वा युट्युवमा प्रसारण भएको भएको पाइएमा त्यसलाई मान्यता दिने छैन् ।

सो कविता (भिडियो) कार्तिक ८ गते दिउँसो १ बजेदेखि आधिकारित फेसबुक पेजबाट प्रसारण गरिनेछ । त्यस्तैं, मंसिर ८ गतेसम्म भिडियो सामाग्रीहरु प्रसारण कार्यलाई बन्द गरिनेछ ।

मंसिर १३ गते दिउँसो १ बजेबाट छनौट मुल्याङ्कन समितिले निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ । ती भिडियोलाई एक हप्ता वा १६९ घण्टाका लागि राखिनेछ । त्यस समयभित्र लाईक, शेयर, भ्यूज, कमेण्ट लगायतलाई मुल्याङन समितिले छनौट प्रकृयामा अध्ययन गर्नेछ ।

कविता छनौट मुल्याङ्कन समितिमा वरिष्ठ साहित्यकार तथा समालोचक प्राज्ञ मुनाराज शेर्मा, पत्रकार तथा कवि प्राज्ञ बिमला तुम्खेवा र कवित मोक्तान थेवा रहनुभएको छ ।

बैदेशिक रोजगारीको क्रममा हालः विभिन्न मुलुकहरुमा छरिएर रहेका डुडामारी र धरमपुर आसपास गाउँ क्षेत्रका युवाहरुले प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

आर्थिक सहयोग गर्नेहरुहरु भुपी शेर्मा, रणहाङ आङ्दम्बे, अशोक शेर्मा, डम्बर शेर्मा, सुरज सम्बाहाम्फे, समिर योङहाङ, राज सोडारी, सिताराम मगर र जलप शेर्मा छन् ।

त्यस्तैं, जसकुमार तामाङको संयोजक रहेको समितिको सचिवमा दिल सेरेङ र सदस्यहरुमा भवानी आङ्दम्बे, शिब शेर्मा, सुमन सम्बाहाम्फे, कालीप्रसाद शेर्मा (केपी), सन्त शेर्मा, रणहाङ आङ्दम्बे, सुरज सम्बाहाम्फे, मोहन फागो, ज्ञानु शेर्मा, डम्बर शेर्मा, भुपी शेर्मा छन् ।

रङ्गकर्मी, सञ्चारकर्मी र पहिचानवादी लेखन आन्दोलनका अगुवा बिक्रम फागो बनेमको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा कवि बिराट किराती, कवि सेलिङ केसी रहनुभएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष जस कुमार तामाङ, भवानी आङ्दम्बे, कवि हर्क खेवा, सल्लाहकार समितिका संयोजक रङ्गकर्मी बिक्रम फागो बनेम, शैक्षिक ब्याक्तित्व बिचारी लावोती,  निर्माण व्यवसायी दिलकुमार (डिके) शेर्मा, सन्त आङ्दम्बे, शेब शेर्मा र स्थानीय युवाहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *