गोविन ल्वागुन/डुडामारी (शिवसताक्षी), १० कार्तिक–झापाको शिबसताक्षी–८ डुडामारी चोकमा स्थपना भएको डुडामारी समाजसेवी क्लबले बार्षिक आय–ब्यय प्रतिवेदन सार्बजनिक गरेको छ ।
सो क्लबले शनिबार डुडामारी चोकमा एक साँगीतिक कार्यक्रमको आयोजना गरेर ६७ हजार ३ सय ३१ रुपैया बचत रहेको आय–ब्यय प्रतिवेदन सार्वजनिक गरेको हो ।
क्लबका कोषाध्यक्षा सन्दिप भण्डारीका अनुसार डुडामारी समाजसेवी क्लबले २०८१।०८२ को असार मसान्तसम्म ३ लाख १३ हजार ५ सय ६४ रुपैया आम्दानी र २ लाख ४६ हजार २ सय ३३ रुपैया खर्चसहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
सार्बजनिक गरिएको खर्चबाट क्लबले केहिसमय अघि चाड पर्वलाई लक्षित गरेर डुडामारी चोकसहितका टोलहरुमा हुन सक्ने घटनाहरुलाई न्यूनीकरण गर्न ९ थान सिसी क्यामेरा जडान गरिएको, डुडामारी चोक उत्तरतर्फको खेलमैदान पुनःनिर्माण, डुडामारी आसपासका गाउँ टोलमा जङ्गली हात्ती प्रभावित क्षेत्रको एसियन हाइवे क्षेत्रमा सडकबत्ती जडान गरिएको, फलामको स्टेज निर्माण र ६ थान टेबल खरिद गरिएको कोषाध्यक्ष भण्डारीले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरि अण्डर–१८ का युवाहरुको लालीगुराँस ब्याण्ड्ले साँगितिक प्रस्तुति दिनुका साथै प्रतियोगियात्मक नृत्यसमेत प्रस्तुत गरिएको थियो । त्यस्तैं, क्लबको श्रीवृद्धि देउसे खेलेर आर्थिक संकलन गरिएको थियो ।
शिवसताक्षी–८ का वडाध्यक्ष सन्त फेउदेनको प्रमुख अतिथ्यतामा र क्लबका अध्यक्ष सन्त आङ्देम्बेको आध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष ख्याम उप्रेतीले र कार्यक्रम संचालन कार्यबाहक सचिव शान्ति तामाङ्ले गर्नु भएको थियो ।
