बालेन्द्र साह

काठमाडौँ, २० माघ–झापा-५ का प्रतिनिधि सभा सदस्य उमेदवार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थानीयवासीले पार्टीको एजेन्डाबारे जिज्ञासा राखेका छन् ।

झापा कमल गाउँपालिकामा आयोजित घरदैलो कार्यक्रममा बालेन र उनका समर्थकहरूले गाउँका स्थानीयलाई पार्टीको उद्देश्य र घोषणापत्रबारे चासो राखेका थिए ।

सो क्रममा, एक स्थानीयले बालेनलाई सोधेका थिए, ‘अब बालेनजीको योजना के छ रु या स्वतन्त्र पार्टीको एजेन्डा के छ ? हामीले पनि बुझौं, तर सबैले बुझ्ने हिसाबले ?”

बालेनले आफ्नो पार्टीको घोषणापत्र आगामी फागुनको पहिलो साता सार्वजनिक गरिने स्थानीयसामु बताएका छन् । शिक्षा र स्वास्थ्य निःशुल्क गर्न संविधानमा उल्लेख भए पनि त्यसअनुरुप काम गर्न बजेट नै अभाव हुने बालेनले बताएका छन् ।

बालेनले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न नसकिने बताएपछि स्थानीयले प्रदेश संरचना खारेज गर्दा बजेट पर्याप्त हुने भन्दै जिज्ञासा राखेका थिए ।

सो जिज्ञासामा बालेनले भने, ‘त्यस्तो होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *