काठमाडौं, २८ जेठ–पछिल्लो समय विभिन्‍न कारणले संसदमा खेलकुदको चर्चा हुँदै आएको छ। बिरलै मात्र संसद्‍मा खेलकुद र खेल पधाधिकारीको चर्चा हुन्छ तर पछिल्लो समय एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले मधेसी जनतामा राष्ट्रियता कमी रहेको भनेपछि संसदमा एकाएक उनले राजीनामा दिनुपर्ने चर्चा चल्यो। संसदमा शेर्पाको आलोचनामात्रै सीमित रहेन, खेलकुद मन्त्रीसमेत विवादमा तानिए।

सांसद प्रदीप यादवले एन्फा अध्यक्ष शेर्पाले खेलुकद मन्त्रीलाई माया गरेर १७ करोड रुपैयाँ दिएको आरोप लगाएका थिए। जसले गर्दा खेलकुद मन्त्री जगत विश्‍वकर्मा विवादमा तानिएका थिए। संघीय संसदमा बिनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्‍नको जवाफ दिने क्रममा मन्त्री विश्‍वकर्माले आफुले एन्फाबाट एक रुपैंया नलिएको स्पष्टा पारे। मन्त्री विश्वकर्माले सांसद यादवले लगाएको आरोपको जवाफ दिँदै आफूमाथि लगाइएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिए। ‘सांसदले जुन शब्द उच्चारण गर्नुभएको छ । जुन अभिब्यक्ति दिनुभएको छ । यदी त्यसो हो भने आरोप पुष्टि गर्न चुनौती दिन्छुु, उनले भनेका छन्, ‘प्रामाणित गरेर देखाउन चुनौती दिन्छु । आशय अर्कौ थियो भने प्रष्ट बनाउन अनुरोध गर्छु।’

मन्त्री विश्वकर्माले आफूमाथि लगाएको आरोप गम्भीर भएको बताउँदै संसदको रेकर्डबाट उक्त अभिब्यक्ति हटाउन समेत माग गरे। उनले एन्फाले पोखराको भेडाबारीमा बनाउन खोजेको बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टरको बिषयमा आफुले अनौपचारिक जानकारी पाएको भन्दै त्यस परियोजना निर्माणमा आफ्नो संलग्‍नता नभएको बताए। उनले निष्ठा र कर्तब्यका साथ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको भन्दै आफूलाई एन्फाले मात्र नभएर सम्पुर्ण खेलकुद क्षेत्रले माया गर्ने गरेको उल्लेख गरे। एन्फा अध्यक्षको अभिब्यक्ति जानकारी नभएको कुटिल जवाफ दिएका थिए।

खेलकुद मन्त्री विश्‍वकर्माले एन्फा अध्यक्षले दिएको अभिब्यक्तीको बिषय आफुलाई जानकारी नभएको बताए। उनले अनावश्यक बिषयमा मन्त्रीलाई विवादमा तान्‍न खोज्‍नु उचित नभएको तर्क गरे। उनले भने ‘एन्फा अध्यक्ष कर्मा जिले के बोल्नु भो, मलाई जानकारी छैन। के अन्तरवार्ता दिनुभयो, के भन्‍नुभयो, मलाई थाहा छैन । कता कताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्नु खोज्‍नु उचित हुन सक्दैन।’

मन्त्री विश्‍वकर्माले प्रमाणका आधारमा दोषी भेटिए दण्डित गर्ने उल्लेख गर्दै ब्यक्तिको अनुहार हेरेर मन्त्रालयमा कुनै काम नहुने दाबि गरेको थिए। योसँगै पछिल्लो समय चलिरहेको संसदमा जुहारीपछि के हुन्छ त्यो भने हेर्न बाँकी छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *