धरमपुर, २७ माघ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा आजदेखि सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञ सञ्चालन भएको छ ।
मंगलाबारे बजारमा अवस्थित त्रिलोकेश्वर शिवपञ्चायन मन्दिरले आयोजना गरेको श्रीमद भागवत महायज्ञको उद्घाटन शिबसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रोले गर्नुभएको छ ।
मंगलबार मन्दिर परिसरमा आयोजित महायज्ञको उद्घाटन गर्नुहुँदै नगर प्रमुख थोप्राले प्रेम, शक्ति, शान्ति र आनन्दका लागि धार्मीक अनुष्ठानहरु हुन आवश्यक रहेको बताए ।

महायज्ञको उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थोप्राले धार्मीक, सामाजिक र साँस्कृतिक पक्षले समाजमा मानव एकताका लागि सन्देश फैलाउन जरुरी रहेको बताए ।
त्रिलोकेश्वर शिवपञ्चायन मन्दिर समितिका अध्यक्ष चन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा र नगर प्रमुख मेघाहाङ थोप्राको प्रमुख आतिथ्यतामा महायज्ञको समुद्घाटन गरिएको हो ।
मन्दिर समितिका उपाध्यक्ष बिनित बिमलका अनुसार २७ माघदेखि सुरु भएको महायज्ञ ४ फागुनसम्म सञ्चालन हुने भएको छ । महायज्ञमा पण्डित कृष्ण घिमिरेले मूख्य कथा वाचन र पण्डित खडानन्द घिमिरेले पाठवाचन गर्ने मन्दिर समितिका उपाध्यक्ष विमलले जानकारी दिए ।

यसअघि, निलोकेश्वर शिवपञ्चायन मन्दिर परिसरबाट कलश यात्रा निकालिएको थियो । महायज्ञ स्थलबाट सुरु भएको कलश यात्रामा सयौको संख्यामा जातीय साँस्कृतिक भेषभूषामा सजिएका श्रद्धालुहरु मंगलबारे बजारदेखि पाराबारी बजारहुँदै ब्याङडुग्राबाट पुनःमहायज्ञ स्थल मंगलबारे बजारमा आइपुगेका थिए ।
महायज्ञको पहिलो दिन त्रिलोकेश्वर शिवपञ्चायन मन्दिरमा भगवान शिव र माता पार्वतीका प्राण प्रतिष्ठा गरिनुका साथै सन्ध्याकािलन धार्मिक अअनुष्ठानहरु सम्पन्न भएका छन् ।
महायज्ञमा दान गर्नुहुने श्रद्धालु भक्तजनहरुका लागि विभिन्न तहगत कदर, प्रशषा, सम्मान, अभिनन्दन गरिने् मन्दिर समितिका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर निङलेकुले बताए ।
सो कार्यक्रममा धामीृक तथा सामाजिक अगुवाहरु, संघसंस्था, व्यापारी, व्यवसायीहरु र स्थानीयवासीहरुको ठूलो संख्यामा उपस्थिति थियो । सो कार्यक्रमको सञ्चालन अग्नी भण्डारीले गरेका थिए ।

