नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौँ, २७ माघ–नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

आज सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलामा उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई सही दिशा दिन कांग्रेसजस्तो जिम्मेवार शक्तिको आवश्यकता रहेको उल्लेख गरे।

सभापति थापाले कांग्रेसको भूमिका केवल राजनीतिक दल मात्र नभइ सङ्कटको सारथीको रूपमा रहेको दाबी गर्दै भने, ुहामी नयाँ सोच र सङ्कल्पका साथ आएका छौँ। कुनै उत्तेजना, झगडा वा घृणा नफैलाई सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामथ्र्य कांग्रेससँग मात्र छ।ु उनले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आह्वान पनि गरे।

पूर्व प्रधानमन्त्री बीपी कोइरालाको मेलमिलाप नीति र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘२०३३ सालमा बिपीले ज्यानको बाजी लगाएर देश जोगाउन खोज्नु वा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु कांग्रेसको राष्ट्रिय चरित्र थियो। आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ।’ उनले कांग्रेसले कहिल्यै प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारे ।

सभापति थापाले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । आज सुनसरी निर्वाचन क्षेत्र नं २ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले बद्लिएको कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै सुशासन स्थापनामा आधारसहित अघि बढ्नुपर्ने उल्लेख गरे।

सभापति थापाले कांग्रेसप्रति जनताले व्यक्त गरेको विश्वासलाई निर्वाचनमार्फत मतमा रूपान्तरण गर्न कार्यकर्तालाई आग्रहसमेत गरे। उनले नेपाली कांग्रेस परिवर्तनको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै कांग्रेसले विगतमा व्यक्त गरेका प्रतिबद्धता पूरा भए नभएको विषय जनतामाझ स्पष्ट रूपमा राख्नसमेत आग्रह गरे।

निर्वाचन आचारसंहिताका कारण विस्तृत धारणा राख्न कठिनाइ रहेको बताउँदै सभापति थापाले पार्टीलाई अझ जिम्मेवार र परिणाममुखी बनाउन आवश्यक रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *