दमक, २८ माघ–उज्यालो नेपाल पार्टीका अध्यक्ष कूलमान घिसिङले आफूहरुले बिद्युतमा लोडसेडिङ अन्त्य गरेर आएको र अब मुलुकका सबै क्षेत्रको लोडसेडिङ अन्त्य गर्न आएको बताएका छन् ।

झापाको दमकमा बुधबार राष्टिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीका संयुक्त चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले त्यस्तो बताएका हुन् । उनले जेनजीहरुको असली पार्टी उज्यालो नेपाल पार्टी र राष्टिय स्वतन्त्र पार्टीनै भएको दाबी गरे । यही पार्टी नयाँ हो , यही पार्टी मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन अघि बढेको छ ।

चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भने–’तपाइँहरुलाई थाह छ हामीले हिजो बिद्युत लोडसेडिङ अन्त्य गर्र्योै अब यो देशमा धेरै क्षेत्रको लोडसेडिङ अन्त्य गर्नु छ ।’ हामी कुनै भाषण गरेर सोसल मिडियामा लेखेर आएका होइनौं हामी काम गरेर परिणाम लिएर आएका हौं । उनले यही पार्टीनै जेनजी आन्दोलनको स्प्रीटलाई सम्बोधन गर्ने असली पार्टी भएको दाबी पनि गरे ।

सो अवसरमा राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पटेल लगायतले पनि सम्बोधन गरे । उज्यालो नेपाल पार्टी र राष्टिय परिवर्तन पार्टीका तर्फबाट संयुक्त उम्मेदवारका रुपमा झापा ५ मा युवा उम्मेदवार सविन चाम्लिङ राई उम्मेदवार छन् ।

जेनजी आन्दोलनमा खुट्टा गुमाएका राजेशको नेतृत्वमा खुलेको राष्टिय परिवर्तन पार्टी पहिलो पटक चुनाव चिन्ह बाँसुरी लिएर चुनावी मैदानमा छ भने सो पार्टीलाई झापा ५ मा कूलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि समर्थन गरेका कारण चाम्लिङलाई सशक्त युवा उम्मेदवारका रुपमा यस क्षेत्रमा हेरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *