विर्तामोड, २७ फागुन–हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली कांग्रेस झापाले २ जिल्ला सदस्यसहित ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेस झापा जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको बैठकले पार्टीका जिल्ला सदस्यहरु ठमनाथ नेपाल (झापा), मुना भट्टराई (बुद्धशान्ति)सहित क्षेत्रीय प्रतिनिधिहरु शम्भु खड्का (कनकाई), टेकनारायण संग्रौला (कनकाई), दिपिन्द्र थापा (गौरीगञ्ज) लाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय भएको हो ।

पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईले बुधबार विज्ञप्ती जारी गरि कारवाहीमा परेकाहरुको सदस्यता खारेजका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको उल्लेख छ ।

जारी विज्ञप्तिमा जिल्ला सदस्यद्वयसहित क्षेत्रीय प्रतिनिधिहरुले केही समय अघिदेखि पार्टीहित बिपरित गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएका उम्मेद्वारका विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेद्वारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि निष्काशनको कारबाही गरिएको जनाइएको छ ।

कार्वाही गरिएका उनीहरु निर्वाचनअघि नै पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गइसकेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *