गोरखा, ३० फागुन–मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

शनिबार गोरखाको सहिद लखन गाउँपालिका– ३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुनेमा सबै भारतीय नागरिक रहेको विकले बताए। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।

प्रहरीका अनुसार माइक्रो बसमा १४ जना सवार रहेको जानकारी आएको छ। उनीहरूमध्ये ८ जनाको उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *