दमक, ३० फागुन–झापाको दमकमा विद्यालय स्तरीय कविता प्रतियोगिता गरिएको छ । शनिबार दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा मावि र आधारभूत स्तरीय प्रतियोगिता भएको हो ।

प्रतियोगितामा मावि तर्फ कक्षा ११ का अभिमन्यु चापागाँई प्रथम, सुम्निमा राई द्वितीय, प्रिपेश श्रेष्ठ तृतीय भएका छन् । यस्तै, बसन्त शिशिर र इशान केरुङ सान्तवनाबाट पुरस्कृत भएका छन् ।

प्रतियोगिताको आधारभूत बिद्यालय तह तर्फ चर्चित नेपाल प्रथम, तृष्णा नेपाल द्वितीय र कृपा कार्की तृतीय भएका छन् ।

आधारभूततर्फ सान्तवनामा हाङमा लिम्बु र चन्द्रकला शंकर छनौट भएका छन् ।

नगरका विभिन्न विधालबाट सहभागी ३२ जना विद्यार्थीहरु मध्ये विजेतालाई नगद र ट्रफीबाट दमक नगरपालिकाका कार्यबाहक नगर प्रमुख भिम पौडेलले पुरस्कार प्रदान गरेका छन् ।

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल चेलीले यस्ता कार्यक्रमले भावी दिनमा सभ्य समाज निर्माणमा टेवा पुग्ने बताइन् ।

कार्यक्रम धनकुटे कान्छाले सञ्चालन गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *