काठमाडौं, २८ जेठ–सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लक डाउन खुकुलो पार्दै जोर बिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिने र पसल खोल्न दिने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । पसलहरुले सुरक्षा मापदण्ड अनिवार्य रुपमा पुरा गर्नुपर्नेछ । यसैगरी निजी सवारीसाधन जोर बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । गत २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिएको थियो ।