कमल ,३० साउन–कमल–६ लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनको शुक्रवार भब्य समारोहवीच उद्घाटन गरिएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहित उपप्रमुख प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशवराज ढकालले सो भवनको उद्घाटन गरेका छन् ।

लखनपुरका स्थानीय ७ जना जग्गा दाताहरुले निःशुल्क जुटाइदिएको ७ कठ्ठा जमिनमा लखनपुर स्वास्थ्थ्य चौकीको भवन निर्माण भएको छ । स्वास्थ्य चौकीमा ७ जना कर्मचारीहरु कार्यरत रहनेछन् । स्वास्थ्य चौकी मार्फत अधिकतम सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यहाँका स्थानीयहरु दमकसम्म जानुपर्ने बाध्यतालाई लखनपुर स्वास्थ्य चौकीले सहजिकरण अनि सहज बनाउने स्वास्थ्यकर्मी देबराज पराजुलीले जानकारी दिए । सो स्वास्थ्य चौकी प्रमुखसमेत रहनुभएका पराजुलीले प्रशुतीसम्बन्धिका सेवाहरुसहित सरकारले उपलब्ध गराउँदै आएका औषधीहरुलाई वितरणमा प्रभावकारी बनाइने बताए ।

स्वास्थ्य चौकी भवन उद्घाटन समारोहमा जग्गा दाताहरुलाई निमन्त्रणा गरेर अभिनन्दन गर्ने भनिएको थियो, यद्धपी एक जना दाता बाहेक अन्य दाताहरुले सहभमागिता जनाएनन् ।

सो भवन २ करोड ५७ लाख १८ हजार ४३८ रूपैयाँको लगानीमा निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाकी उपप्रमुख प्रमिला न्यौपाने तिवारीले बताईन् ।

उपप्रमुख तिवारीले स्वास्थ्य चौकीको नयाँ भवन निर्माण तथा बर्थिङ सेन्टर सेवा सञ्चालनसँगै कमल गाउँपालिका–६ सहित आसपासका नागरिकले थप व्यवस्थित, सुरक्षित र सहज स्वास्थ्य सेवा पाउने बताईन् ।

वडाअध्यक्ष नगेन्द्र भट्टराईको अध्यक्षता र गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशव ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल, समाजसेवी दिलीप संग्रौला, जग्गादाता तुलसीप्रसाद कुईकेल, युवा नेता रोशन दाहाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वयंसेबिकाहरु, विद्यालय र राजनीति दलका प्रतिनिधिहरु, स्वस्थ्यकर्मीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो सो कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख पराजुलीले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *