दमक, ३० साउन–झापाको दमक–६ मा सञ्चालित गृहणी सहकारी संस्थाले आज आँखा तथा दाँतसम्बन्धि एक दिने निःशूल्क स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गृहणी सहकारी संस्था स्थापना भएको १६औं वार्षिकोत्सवमा दमकस्थित पशुपति मन्दिर परिसरमा आँखा र दाँतसम्बन्धि एक दिने निःशूल्क स्वास्थ्य शिविरसंगै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

विर्ताज्योती आँखा अस्पताल र ओमशान्ति डेन्टल केयर सेन्ट्ररको सहयोगमा निःशूल्क स्वास्थ्य शिविर भएको थियो भने नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको पष््राविधिक सहयोग रहेको थियो ।

गृहणी सहकारी संस्थाकी अध्यक्ष रिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा मञ्जु भट्टराई दाहालले सञ्चालन गर्नुभएको थियो ।

संस्थाकी व्यवस्थापिका मुना दाहाल बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहालसहित गृहणी सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, सञ्चालक समितिका सदस्यहरु, शेयर सदस्यहरु, कर्मचारीहरु र व्यापारी व्यवसायीहरुको उत्साहजनक सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *