दमक, २ भदौं–दमकमा स्वास्थ्य सेवा सञ्चालनको अनुभव र त्यस संस्थाको कुशल नेतृत्व गरिसकेकी स्वास्थ्यकर्मी सरिता न्यौपानले भदौं १ गतेबाट डेन्टल केयर सेन्ट्रर सञ्चालमा ल्याएकी छन् ।

दमक–६ थानारोडमा सरिता न्यौपानले सप्तकोशी डेन्टल केयर नाम गरेको स्वास्थ्य सेवा सोमबारदेखि औपचारिक कार्यक्रमवीच सञ्चालनमा ल्याएकी हुन् । न्यौपानले दमकस्थित दमक अस्पताल सञ्चालक समितिकी पूर्व अध्यक्ष हुन् ।

दन्त रोगसम्बन्धि जुनसुकै समस्याको उपचार र परामर्श गर्ने उदेश्यले दमकमा सप्तकोशी डेन्टर केयर सेन्ट्रर सञ्चालनमा ल्याएकी सञ्चालिका न्यौपानले बताईन् ।

डेन्टल केयर सेन्ट्ररका सञ्चालिका न्यौपानेले दमकमा दाँतको उपचारमा छिटो, प्रभावकारी, भरपर्दो र गुणस्तरीय ढंङ्गबाट सेवा उपलब्ध गराउने जनाईन् ।

कार्यक्रममा पञ्चकन्याद्धारा संयक्त रुपमा रिवन काटेर सप्तकोशी डेन्टल केयर सेन्ट्ररको उद्घाटन गरिएको थियो । डेन्टल केयर सेन्ट्ररमा दन्त रोग विशेषज्ञसहितको दक्ष र अनुभवी डाक्टरहरुले दैनिक सेवा दिइरहने सञ्चालिका न्यौपानेले जाकारी गराईन् ।

त्यस्तैं, सो डेन्टल केयर सेन्ट्ररमा आधुनिक प्रविधिहरु मार्फत मुख तथा दाँतको परिक्षण र उपचार हुने छ । सो डेन्टलकी सञ्चालिका न्यौपानेले केयर सेन्ट्ररमा दैनिक बिहान ८ बजेबाट साँझ ५ बजेसम्म सेवा प्रदान गर्ने बताईन् ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *