दमक, २ भदौं–पहिलो पाइला नेपाल दमक शाखाले झापाको कमल गाउँपालिका वडा नम्बर ५ को सिम्लेस्थित शहीद रत्न आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ।
पहिलो पाइला नेपाल दमक शाखाको आयोजनामा सो सस्थाका अध्यक्ष परोपकार सेवामा सक्रिय गोविन्द निरौला (राजु) को जन्मदिनलाईसमेत विशेष अवसर बनाएर विद्यार्थीहरुलाई पोशाकसहित शैक्षिक सामाग्रीहरु वितरण गरिएको सल्लाहकार महेश घिमिरेले जानकारी दिनाुभयो ।
मंगलबार, विद्यालय परिसरमा एक संक्षिप्त कार्यक्रम गरेर पहिलो पाइला नेपाल दमक शाखाले ग्रामिण क्षेत्रमा सञ्चालित सामुदायीक विद्यालयको शैक्षिक विकासमा सानै भएपनि सकारात्मक र रचनात्मक गतिविधिहरुको बारेमा अध्यक्ष निरौलाले बताउनुभयो ।
शहीद रत्न आधारभूत विद्यालय ब्यबस्थापन समिती अध्यक्ष देबिवीर राईको अध्यक्षतामा र प्रधानाध्यापक कुबेर पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष निरौलालाई जन्मोत्सवमा मायाको चिनोसहित शुभकामनाहरुप्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्रीहरु वितरणपछि पहिलो पाइला नेपाल दमक शाखाले स्थापनाकालदेखि सामाजिक सेवामा योगदान पुर्याउँदै आइरहेको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
पोशाक तथा शैक्षिक सामाग्रीहरु हस्तान्त्रण कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलासहित सचिव पूजा दाहाल, कोषाध्यक्ष विनोद अधिकारी, कार्यक्रम संयोजक लबराज खड्का, सोनु चौधरी, जि.पी.पोखरेल, सञ्जु शिवाकोटी, निशा अधिकारी, देबु गर्तौला, सक्षम पौडेल, रक्ष्या पाण्डे गौरादह शाखा सचिब प्रदिप धमला, जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश प्रसाद गौतम लगायत शाखाका पदाधिकारी तथा सदस्यहरू र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, विद्यालयका कार्यरत शिक्षक तथा शिक्षिकाहरु र अभिभावकहरुको उपस्थिति थियो ।

