पाडाजँङ्गी (कमल), २ भदौं–कमलनगर जेसीजले आज ११औं वार्षिकोत्सव मनाएको छ । कमल–५, पाडाजुङ्गीस्थित बनमारा क्याफेमा कमलनगर जेसीजले ११औं स्थापना दिवसको केक काटेर शुभकामना आदानप्रदान गरिएको हो ।
कमलनगर जेसीजका कार्यकारणी उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष कमल कटुवालकाो अध्यक्षतामा र गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यता सो कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम कमलनगर जेसीज वर्ष २०२६ का उपाध्यक्ष शम्भुप्रसाद निरौलाको संयोजकत्वमा सम्पन्न भएको थियो । त्यस्तैं, कार्यक्रममा कमलनगर जेसीजका पूर्व अध्यक्ष एबम् शैक्षिक व्याक्तित्व नारायण बस्नेतलगायत जेसीजकर्मीहरुको उपस्थिति थियो ।
स्थापना दिवसका अवसरमा कमलनगर जेसीजका पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो।
कमलनगर जेसीजले स्थापनाकालदेखिनै युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायमा सकारात्मक परिवर्तनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
