काठमाडौं, २९ जेठ–कुवेतमा आममाफी पाएर हिजो फर्कने तयारीमा रहेका नेपाली महिला श्रमिक आज काठमाडौं आइपुगेका छन्। जजिरा एयरलायन्सको विमान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त विमानमार्फत १५० जना महिला आएका जानकारी दिए। काठमाडौं आएका उनीहरुको सामान्य स्वाथ्य जाँच गरी सम्वन्धित प्रदेशमा पठाइने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरी उनीहरुलाई नेपाल पठाएको हो।

उनका अनुसार अरू १ सय ५० जना लिएर अर्को विमान दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ। उनीहरु सबै हिजै आउने भनिएपनि तयारी नपुगेको भन्दै अन्तिम समयमा उडान स्थगित भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *