कमल (पाडाजुङ्गी), १४ भदौं–झापाको कमल गाउँपालिकामा पहिलो पाइला नेपालको शाखा विस्तार गरिएको छ । सामाजिक कार्यमा सक्रिय रहेको सो संस्थाले शनिवार नवनिर्वाचित समितिलाई बधाईसहित औपचारिक रुपमा पदस्थापन सम्पन्न भएको हो ।

कमल-५ पाडाजुंगीस्थित बनमारा क्याफेमा एक कार्यक्रम गरि नवगठित समितिको अध्यक्षमा सञ्जु निरौलासहित पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरि सपथग्रहण गराइएको थियो ।

९ सदस्यीय गठित कार्यसमितिको उपाध्यक्षमा कुमार पराजुली, सचिवमा दिपेन्द्र खतिवडा ,कोषाध्यक्षमा कोशीष भुजेल चुनिए भने सदस्यहरुमा नितेश भुजेल ,रविन राई, लीला बशिष्ट भण्डारी र आशिष प्रधान र निकिता गौतम चुनिएका छन् । उनीहरुलाई निर्वाचन समितिका संयोजक खेम सापकोटाले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथैं पद तथा गोपनियताको सपथ गराएका थिए ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको सो पदस्थापन कार्यक्रममा बोल्दै वक्ताहरुले समाज रुपान्तरणका लागि सवैको हातेमालो बने मात्र परिवर्तन संभव हुने जोड दिए । सो कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष राईले सामाजिक संस्थासँग सहकार्य गर्न स्थानीय सरकार सदैव तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा विशिष्ट अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी ,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, पहिलो पाइला नेपालका केन्द्रीय महासचिव मिलन लुइँटेल, सचिव दिवस खतिवडा लगायतले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको औल्याए ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सन्जु निरौलाले प्रतिवद्धता मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा लायन्स क्लब कमलका अध्यक्ष भुवन निधि, वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतमलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नवगठित कार्यसमितिले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *