दमक, १४ भदौं–झापाको कमल–६ गेउरिया चोकमा शनिबार वृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ झापा–५ क्षेत्रीय समितिले आयोजना गरेको रक्तदानमा ६८ पिन्ट रगत संकलन भएको छ ।

रक्तदानमा २० महिलासहित ६८ जनाले रगतदान गरेका नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ क्षेत्रीय सचिव बलराम धिमालले बताए । सचिव धिमालका अनुसार भदौं १० गते रसुवासहित गोर्खा? नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनासकारी बाढीबाट घाइतेहरुको उपचारमा रगतको सहज आपूर्ति गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संघका झापा जिल्ला अध्यक्ष क्रान्तिबहादुर कार्की, क्षेत्रीय अध्यक्ष गोपालबहादुर निरौला, सचिव बलराम धिमाल, सिंहदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन गुरुङ लगायतले रगतदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघका क्षेत्रीय अध्यक्ष गोपालबहादुर निरौलाको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेउपाने, नेपाल रेडक्रस सोसाइटी दमकस्थित रक्तसञ्चार बिभागका प्रवद्र्धक सिदार्थ दाहाल, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतबहादुर (जितु) धिमाल लगायतका सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *