दमक, १६ भदौं–झापाको दमकमै अन्तराष्ट्रिय स्तरको मुख तथा दाँतसम्बन्धि उपचार र सेवामा सक्रिय दन्तरोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ ।

दमक थुलुङ डेन्टल केयरका सञ्चालक डाक्टर थुलुङले भदौं १० गते रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको बिनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग प्रदान गर्नुभएको हो ।

डाकटर थुलुङ दमकमा लामो समयदेखि दन्तरोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । दमकस्थित लाइफ लाईन अस्पतालमा  डा.थुलुङले काम गर्दै आउनुभएको छ ।

डा.थुलुङले प्राकृतिक विपदले उत्पन्न मानवीय तथा भौतिक क्षतिप्रति दुःख र समवेदना व्यक्त गर्नुभएको छ । वहाँले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा सहयोग जुटाउन आवश्यक रहेको बताउनुभयो ।

एउटा नेपालीले भोगिरहेको प्रसव पीडा र वेदनामा साथ दिन आफ्नो तर्फबाट सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको डा.थुलुङले जानकारी दिनुभयो ।

डा.थुलुङले स्वास्थ्य सेवा मापःर्mत दमकसहित आसपासका क्षेत्रका सामाजिक कार्यहरु गर्दै आउनुभएको छ । झापाको कमल–२ इन्द्र लोहनी स्मृति विद्यालयमा दन्त शिविरसहित पुस्तकालय निर्माण गरिदिनुभएको छ ।

त्यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिकाको टाँडीस्थित धोबिनीमा कालिका सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई दन्त परिक्षण गर्नुका साथै कपी, पेन्सिल र खेलकुद सामाग्रीहरु वितरण गर्नुभएको छ ।

डा.थुलुङकै व्याक्तिगत प्रयासमा दाँतको उपचारमा आउने बालबालिकाहरुको थोरै समयको बसाईलाई सृजनात्मक बनाउन पेन्टिङ गराउँदै आउनुभउको र सो पेन्टिङलाई प्रतियाोगितामार्फत टप–१२ छनौट गरेर पुरस्कारसमेत प्रदान गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *