काठमाडौँ, १७ भदौं–भोटेकोशी बाढीप्रभावितहरूका लागि झण्डै ८ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ। ठूलो जनधनको क्षति हुनेगरी भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत तथा पुनः स्थापनाका लागि सरकारले नै सहयोग आह्वान गरेको थियो।

त्यसपछि विभिन्न व्यक्ति, निकाय तथा अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको सहयोग बुधबार दिउँसोसम्ममा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ पुगेको प्रधानमन्त्री बालेन्द्र शाहले दिएका हुन्।

बधुबार सदनमा बाढीको अवस्था र त्यसपछि सरकारले गरेका कामकारबाहीबारे जानकारी दिने क्रममा उनले कोषमा जम्मा भएको रकम बारे जानकारी दिएका हुन्।

हिजो बाढी प्रभावितका लागि एक अर्ब निकासा गरिएपछि ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ रकम कोषमा नै रहेको उनले बताएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *