काठमाडौं, १८ भदौं–देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। दिउँसो देशभर साधारणतया बादल लाग्ने विभागको पूर्वानुमान छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ।
कोसी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।
मधेस र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावनाको पूर्वानुमान छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी प्रदेशको तराई भूभागका केही, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपासमा छ।

