दमक, १९ भदौं–झापाको दमक–६ घिमिरे मार्केटमा व्यवसायीक सेवा सञ्चालनमा आएको इन स्टाईल फेसन वेयरले २०औं वर्षगाँठ मनाएको छ ।
२० वर्षअघि दमकमा स्थापना भएको इन स्टाईल फेसन वेयरले आजदेखि थप सेवाहरुसहित नयाँ डिजाईनबाट व्यवसायीक सेवा शुभारम्भ गरेको हो ।
इन स्टाईल फेसन वेयरकी सञ्चालिका संगीता राई तुम्बापोले दमकमा व्यवसाय सञ्चालन भएको २०औं वर्षगाँठ मनाउनुका साथै इन स्टाईल फेसन वेयरमा थप सेवाहरु विस्तारसहित नयाँ डिजाईनबाट सञ्चालनमा ल्याएकी बताईनु ।
युवा व्यवसायी तुम्बापो दमक उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष हुन् । तुम्बापोले समयसंगै कतिपय सुधार गरिनुपर्ने र कतिपय आवश्यत्ताहरुलाई थप विस्तार गरिनेपर्ने ग्राहक तथा शुभेच्छुकहरुको माग र चाहाना अनुसार इन स्टाईल फेसन वेयरले २०औं वर्षमा सेवाहरु विस्तार गरिएको बताईन् ।
शुक्रबार, बिहान दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले इन स्टाईल फेसन वेयरको २०औं वर्षगाँठ र थप नयाँ डिजाईनको रिवन काटेर उद्घाटन गरेका थिए ।
सो क्रममा संघका अध्यक्ष गुरागाईले इन स्टाईंल फेसन वेयर र सञ्चालक संगीता तुम्बापो र अजेन तुम्बापोलाई व्यवसायीक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीसहित व्यापारी तथा व्यवसायीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
