दमक, २० भदौं–भोटेकोशी नदीमा १० भदौमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनामा रोटरी क्लब अफ दमकले २ लाख ५ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

रोटरी डिष्ट्रिक्ट ३२९२ को निर्देशनअनुसार क्लबका सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको र क्लबको प्राकृतिक बिपद कोसमा रहेको रकम सहित सङकलन गरिएको सो रकम अध्यक्ष सागर श्रेष्ठले डिष्ट्रिक्टको राहत कोषमा हस्तान्तरण गरेका हुन् । डिष्ट्रिक्टमार्फत सो रकम विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित राहत कोषमा हस्तान्तरण गरिने जनाइएको छ ।

बाढीका कारण प्रभावित परिवारको तत्कालीन राहत तथा आगामी पुनःस्थापनाका कार्यमा केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ ।

क्लब अध्यक्ष सागर श्रेष्ठले सहयोगका लागि साथ दिने सम्पूर्ण रोटरियन सदस्यहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरे । उनले मानवीय सेवाका अभियानमा रोटरी क्लब अफ दमकको सक्रियता आगामी दिनमा पनि निरन्तर रहने बताए ।

क्लबले आगामी दिनमा पनि यस्तै मानवीय तथा सेवामूलक अभियानमा सदस्यहरूको साथ, सहयोग र सहभागितालाई निरन्तरता दिने जनाएको छ ।

दुई दिन अघि मात्रै रोटरी क्लब अफ दमकको अगुवाईमा झापाको दमक ९ मा दमक बाल आश्रम परिसर भित्र करिब डेढ लाख बढीको लागतमा खेल उद्यान निर्माण गरी आश्रमलाई हस्तान्तरण गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *