ताप्लेजुङ, २० भदौं–अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ।
शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो।
सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो।
सलहेश युवा क्लबले भा रतको जर्जियन युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यता झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो।
लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो।
विजेता सलहेशले रु सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको छ।
