दमक, २० भदौं–झापाको अर्जुनधराबाट प्रकाशित हुँदै आइरहेको यलम्बर टाइम्स र यलम्बर टाईम्स डटकमका प्रकाशक तथा सम्पादक दिपिन राई आज बिर्तामोडमा सम्मानित भएका छन् ।
किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पत्रकार राईलाई सम्मान गरिएको हो । राई समुदायको गौरवशाली संस्था यायोक्खालाई पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै पत्रकार राईलाई सम्मान गरिएको हो।
पत्रकार राईलाई यायोक्खा झापाका अध्यक्ष गणेश राईसहित अधिवेशन समारोहका प्रमुख अतिथि यायोक्खा केन्द्रिय अध्यक्ष जीवन हताछो राईले फेटा बाधेर सम्मानपत्र प्रदान गरेका थिए ।
आजबाट बिर्तामोडमा सुरु भएको अधिबेशन दुई दिनसम्म चल्ने छ । अधिबेशनले झापा जिल्ला समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनको अवसरमा अग्रज पत्रकार राई सहित डाक्टर सोफिया थुलुङ राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईसहित काकडिभिट्टास्थित भान्सार कार्यालय प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय झापाका प्रमुख राजबहादुर राई, कनकाई नगर योजना अधिकृत मनिता राई, अर्जुनधारा नगर पशु शाखा प्रमुख पदम राई, मेची यातायात व्यवस्था कार्यालय लेखा अधिकृत तीर्थमाया राईलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।
अधिवेशन उद्घाटन सत्रमा याक्थुम चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, नेपाल आदिवासी जनजाती महासंघ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मणिकुमार (बिजय साम्पाङ) राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यायोक्खा झापाका उपाध्यक्ष लीलाबहादुर राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव गौरीमान चाम्लिङ राईले गरेका थिए ।
