दमक, २० भदौं–मुख तथा दाँत रोगसम्बन्धिको उपचार सेवाका विशेषज्ञ डाक्टर सोफिया थुलुङ राई आज झापाको बिर्तामोडमा सम्मानित भएका छन् ।

किरात राई यायोक्खा झापाको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा दन्त रोग विशेषज्ञ डाक्टर थुलुङलाई किरात राई जातीमो मुन्धुमी फेटा बाँधेर सम्मानपत्र प्रदान गरिएको थियो ।

डा.थुलुङले राई समुदायको क्षेत्रमा स्वास्थ्य सेवा माफृत गौरवपूर्ण कार्य गरेको भन्दै यायोक्खा झापाले सम्मान गरेको हो ।

डाक्टर थुलुङलाई यायोक्खा झापाका अध्यक्ष गणेश राईसहित अधिवेशन समारोहका प्रमुख अतिथि यायोक्खा केन्द्रिय अध्यक्ष जीवन हताछो राईले सम्मान गरेका थिए ।

दमकस्थित लाईफ लाइन अस्पतालकी दन्त रोग विशेषज्ञको रुपमा कार्यरत डाक्टर थुलुङले दमकमा थुलुङ डेन्टल केयर सेन्ट्रर सञ्चालन गरेका छन् ।

आजबाट बिर्तामोडमा सुरु भएको अधिबेशन दुई दिनसम्म चल्ने छ । अधिबेशनले झापा जिल्ला समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनको अवसरमा डाक्टर सोफिया थुलुङ राई र अग्रज पत्रकार राई सम्मानित भएका हुन् ।

त्यस्तैं, सोही समारोहमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईसहित काकडिभिट्टास्थित भान्सार कार्यालय प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय झापाका प्रमुख राजबहादुर राई, कनकाई नगर योजना अधिकृत मनिता राई, अर्जुनधारा नगर पशु शाखा प्रमुख पदम राई, मेची यातायात व्यवस्था कार्यालय लेखा अधिकृत तीर्थमाया राईलाई  प्रशंसापत्रसहित सम्मान गरिएको छ।

अधिवेशन उद्घाटन सत्रमा याक्थुम चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, नेपाल आदिवासी जनजाती महासंघ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य मणिकुमार ९बिजय साम्पाङ० राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यायोक्खा झापाका उपाध्यक्ष लीलाबहादुर राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव गौरीमान चाम्लिङ राईले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *