बिर्तामोड, २१ भदौं–किरात राई यायोक्खा झापाको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गणेशबहादुर राई निर्वाचित भएका छन् ।
यायोक्खा झापाको शनिवारदेखि शुरु भएको अधिवेशनको बन्दसत्रले गणेशबहादुर राईको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्म्मत चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा चीजा राई निर्वाचित भएकी छिन् भने सचिवमा पुनः गौरीमान राई सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सह–सचिमा सन्देश राई, सुनिल राई, धनकुमार राई, कोषाध्यक्षमा सन्तोष राई सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा अबिरल राई, मानबहादुर बान्तवा राइ, बिमला बान्तवा राई, अर्जुनबहादुर राई, बेनु राई, बदीराज राई, मिरन राई र अपर्ण राई निर्वाचित भएको सचिव गौरीमान राईले जानकारी दिए ।
किरात राई यायोक्खाका केन्द्रिय उप–महासचिव अर्जुन जम्नेली राईको संयोजकत्वमा गठित निर्वाचन समिति मार्फत सर्वसम्मत जिल्ला कार्य समिति चयन भएको हो ।
निर्वाचन समितिको सदस्यहरुमा केन्द्रिय सचिव नगेशचन्द्र राई, कोशी प्रदेश अध्यक्ष पारसमणि राई, प्रदेश सचिव राम माण्डुपा राई, जिल्ला सल्लाहकारहरु दिपेनवाला राई, एलडी राई, दिपिन राई, निरबहादुर राई, समर थुलुङ राई, तथा निर्वाचन मण्डलका महिला सदस्यहरु अनिता राई र सलिना राई थिए ।
किरात राई यायोक्खा झापा नवौं झापा जिल्ला अधिवेशनको उद्घाटन किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जीवन हताचो राईले गरेका थिए ।

