दमक, २१ भदौं–दमक जेसीजले सप्ताह समापन अघि विधालयका चार पाङग्रे साना–ठूला सवारीका चालक तथा सहचालकलाई ट्राफिक सुरक्षा तथा सचेतना तालिम दिएको छ ।

जेसीज सप्ताह अन्तर्गत यहाँका सरकारी र निजीसमेत गरी ३२ वटा विधालयका चालक र सहचालकलाई ट्राफिक सुरक्षा तथा सचेतना तालिम दिइएको महासचिव रुवल अधिकारीले जानकारी दिनुभयो ।

तालिममा सरकारी र निजी विधालयका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक उमेश प्रसाद यादव र ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरिक्षक मनोज कुमार खड्काले सहजीकरण गर्नु भएको छ।

तालिममा प्रहरी निरिक्षक यादवले बिधालयका सवारी चलाउने चालक र सहचालकहरुलाई सवारी दुर्घटना,सवारी ज्यान मुद्धा ,ऐन कानुन र सवारी साधानको प्रयोग गरी हुने अपराधिक क्रियाकलाप लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख खड्काले सडक सुरक्षा तथा ट्राफिक नियमका विषयमा प्रशिक्षण दिनुभएको दमक जेसीजको सप्ताह अन्तर्गत यस कार्यक्रमका संयोजक धर्म ढुङगानाले जानकारी दिनु भयो ।

यता, जेसीज सप्ताह समापनमा अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदानसहित मायाको चिनो वितरण गरिएको थियो ।

दमक उद्योग बाणिज्य संघको हलमा आयोजित जेसीज सप्ताहको समापन समारोहमा संघका अध्यक्ष गोपाल गुरागाई, दमक जेसीजका पूर्व अध्यक्ष गञ्जबहादुर दाहाल, कमल कटुवाल, सहदेब भेट्टराई, सञ्जिव बराल, सुयोग खरेललगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समापन समारोहमा अध्यक्ष बिमलीले जेसीजको अभियानमा जोडिएर दममको शिक्षा, स्वास्थ्य, नागरिक संचेतना, एकता, सहकार्य र समाज रुपान्तरणमा सहभागि हुनुहुने जेसीज टिम, पूर्व अध्यक्षहरु, प्रहरी, पत्रकार, विद्यार्थी, शिक्षक, खेलकुदकर्मी, महिला र सर्वसाधारणहरुप्रती आभारसहित धन्यवाद व्यक्त गर्नुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *