काठमाडौं, २० असोज–नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापतिका लागि मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी दर्ता भएको थियो। शर्मा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट उपसभापतिमा चयन भएका थिए।
त्यसअघि २०७८ सालमा सम्पन्न १४औं महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका थिए। यससँगै कांग्रेसको नेतृत्वमा शर्माको पद वरिष्ठ उपसभापतिसम्म पुगेको छ।

