झिलझिले, २३ कार्तिक–होटल तथा रेष्टुरेन्ट व्ववसायी तुला बोखिमले समाज परिवर्तन र राजनीतिक रुपान्तरणमा सञ्चारकर्मीहरुको भूमिका हिजोदेखि आजसम्म महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आइतबार, झापाको शिबसताक्षी–८ झिलझिलेस्थित बुद्ध चोकमा रहेको युङ्गी क्याफे एण्ढ रेष्टुरेन्टमा स्थानीय सञ्चारकर्मीहरुसंगको भेटघाटमा व्यवसायी बोखिमले यस्तो बताउनुभएको हो । व्यवसायी वोखिमले मुलुक द्धन्द्धको समयमा होस, या विभिन्न समयमा भएको परिर्वननको आन्दोलनमा नेपाली सञ्चारकर्मीहरुले देखाएको उत्साह र साथ–सहयोगले समाजिक तथा राजनीतिक रुपान्त्रण हुन सकेको कथन गर्नुभयो ।
शुभ दिपावलीसहित नेपाली समाजका साँस्कृतिक चार्डपर्वहरु छठ, नेपाल संम्बत, उधौली तथा उभौली र राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको जन्मोत्सवको संयुक्त अवसरमा होटल व्यवसायी वोखिमले स्थानीय सञ्चारकर्मीहरुसंग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको थियो । युङ्गी क्याफे एण्ड रेष्टुरेन्टको सञ्चालक समेत रहनुभएका वोखिमले देशमा तीन तहको सरकारका कामहरुलाई नागरिकसम्म ल्याउने र ती सरकारका खराम प्रवृतिबिरुद्ध सञ्चारकर्मीहरुले भण्डाफोर गर्न छाड्न नहुने जोड दिनुभयो ।
नेपाली कांग्रेस १५औं महाविधेनबाट महाधिवेश प्रतिनिधिसमेत बन्नुभएका वोखिमले हाल मुलुकमा सरकार पत्रकारितामाथि आक्रमक बनिरहेकोमा चिन्तासमेत व्यक्त गर्नुभयो । नेता वोखिमले मुलुक अहिले नयाँ सरकारको हातमा पुगेको तथा जनतापप्रति उत्तरदायीत्व वहन गर्न सक्ने अवस्थाका कामहरु गर्न नसकेको बताउनुभयो ।
पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मीक था पर्यटन विकास संस्थाका अध्यक्ष रहुभएका वोखिमले सताक्षीधाममा आश्रय लिएर बसिरहेका पशुचौपयाहरुको उचित चरणस्थलको खोजी, पिसाव र गोवर सङ्कलन गरेर त्यसलाई बहुपयोगी बनाउने योजना रहेको बताउनुभयो । त्यस्तैं, सताक्षीधाम परिसरमा सताक्षी देबिको मन्दिर बनाउने उपसमितिसमेत गठन गरिएको र त्यस समितिलाई जिम्मेवारी समेत प्रदान गरिसकेको नेता वोखिमले बताए ।
पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदानको अवसरमा सहभागि सञ्चारकर्मीहरुले आ–आफ्ना जिज्ञासाहरु राख्नुको साथै व्यवसायी तथा राजनीतिक व्याक्तित्वमा वोखमलाई राय, सुझाव र शुभेच्छाहरु व्ग्क्त गरेका थिए ।

