डुडामारी (शिबसताक्षी), २० कार्तिक–दमक थुलुङ डेन्टल केयर सेन्ट्ररले आज झापाको शिबसताक्षी–७ फात्तेफस्थित बालसेवा आधारभूत विद्यालयका एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

फात्तेफस्थित बाल सेवा आधारभूत विद्यालयको आयोजना र दमक थुलुङ डेन्टलको विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिक सहयोगमा शुक्रबार एक दिने निःशुल्क दन्त शिविर कार्र्यक्रम सम्पन्न भएको हो ।

सो शिविरमा १ सय ५८ जना विद्यार्थीहरुसहित विद्यालयका शिक्षक–शिक्षिकाहरु, कर्मचारी र अभिभावकहरुको दन्त परिक्षण गरिएको बाल सेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिनुभयो ।

शिविरमा दन्त परिक्षण गराउने विद्यार्थीहरुका दाँत तथा मुखको स्याहारसुसारमा चेतनाको विकास गर्न सहयोगी दाताहरुबाट प्राप्त सौजन्य वापत कोलगेट र ब्रसहरु वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले बताउनुभयो ।

निःशुल्क शिविरमा दन्त परिक्षण गराउने विद्यार्थीहरु मध्ये ४१ जना विद्यार्थीहरुको दाँत झिकिएको थियो । त्यस्तैं, सहभागि संख्याको ६० प्रतिशत विद्यार्थी नानी–बाबूहरुको तत्कालै दन्त उपचार गरिनुपर्ने अवस्था देखिएको दमक थुलुङ डेन्टलकी सञ्चालिका एबम् दन्त रोग विशेषज्ञ वरिष्ठा डाक्टर सोफिया थुलुङले जानकारी गराउनुभयो ।

डा थुलुङले सा–साना विद्यार्थी नानी बाबूहरुको दाँतको हेरचार, यसको स्याहारसुसारसम्बन्धि विद्यालयको कक्षा कोठामा विद्यार्थीहरुलाई संचेतना गराउन जरुरी रहेको बताउनुभयो ।

एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको समापनमा दन्त शिविरमार्फत सामाजिक उत्तरदायित्व वहन गर्ने थुलुङ डेन्टल केयर सेन्ट्ररसहित सञ्चालिका दन्त रोग विशेषज्ञ डा.सोफिया थुलुङलाई विद्यालयको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक वेणु कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *