धरमपुर, २० कार्तिक–शिवसताक्षी–८ सृजना चोकमा अवस्थित ओएसिस एकाडेमीले आज शुभ दिपावली (तिहार) विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार, ओएसिस एकाडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूबीच प्रतियोगितात्मक देउसी–भैलो तथा रङ्गोली प्रदर्शन गरिएको थियो।

देउसी–भैलो प्रतियोगितातर्फ ओएसिस एकाडेमी क्लब ब्लु हाउस प्रथम, रेड हाउस दोस्रो र ग्रिन हाउस तेस्रो भएका छन्। त्यस्तै, रङ्गोली प्रतियोगितातर्फ रेड हाउस प्रथम भएको छ।

प्रतियोगितामा विजयी विद्यार्थी तथा समूहलाई ओएसिस एकाडेमीले हौसल्लासहित नगद पुरस्कारसमेत वितरण गरिएको थियो।

सो कार्यक्रममा एकाडेमीका संस्थापक तथा प्रधानाध्यापक उदयप्रकाश राईले विद्यार्थीहरूलाई नेपाली कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन शिक्षिका समिक्षा तिम्सिनासहित विद्यार्थीद्धय ऋतु न्यौपाने र रत्न ढुङ्गेलले संयुक्त रुपमा गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य प्रयास चौधरी र अग्रता प्रसाईंले राख्नुभएको थियो।

कार्यक्रममाा विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए । प्रतियोगितत्मक देउसी–भैली कार्यक्रमको मुल्याङ्कन पत्रकार अनिलदेव राई तथा सेलिङ केसीले गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरु, अभिभावकहरु, शुभच्छेक तथा स्थानीयवासीहरुको उपस्थिति थियो । सो कार्यक्रमको समापनमा विद्यालयका शिक्षक–शिक्षिकाहरू र कर्मचारीहरु सहभागी भई देउसी–भैलो खेलेर मनोरञ्जन प्रदान गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *