अनिलदेब राई/दमक, २७ कार्तिक–झापाको दमकमा मूख्य कार्यालय रहेको फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाले आज १५औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार बिहान दमक–१ हवलदार चोक (फाल्गुनन्द मार्ग) स्थित फाल्गुनन्द साकोसको भवनमा एक कार्यक्रमवीच १५औं वार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन सार्वजनिक गरिएको हो ।

संस्थाका अध्यक्ष पदम (संकल्प) लिङदेन लिम्बूको अध्यक्षतामा प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार जनकसिं सेन जबेगुले ब्यानर वाचन (पाठ) गरेर उद्घाटन गर्नुभएको थियो ।

प्रतिवेदनमा बिर्तामोड सेवा केन्द्रमा ((कार्तिक ३०), झिलझिले सेवा केन्द्रमा (मङ्सिर २) र उर्लाबारी सेवा केन्द्रमा (मङ्सिर ३) सम्पन्न हुने छ । त्यसैगरी, कमल गाउँपालिका र चुलाचुली गाउँपालिकासहित मुख्य कार्यालय दमकको माइन्युट प्रमाणिकरण (मंगसीर ५) सम्पन्न हुने उल्लेख गरिएको छ ।

संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक वीरबहादुर लावतीले वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनमाथि चर्चा गर्नुभएको थियो । त्यस्तैं, संस्थाका अध्यक्ष पदम (संकल्प) लिङदेन लिम्बूले संस्थाको समग्र अवस्था र आगामी योजना, कार्यक्रम र लक्ष्यका बारेमा बोल्नुभएको थियो ।

फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाको दमकमा मुख्य कार्यालयसहित विर्तामोड र झिलझिलेमा सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् भने मोरङको उर्लावारी र इलामको चुलाचुलीमा सेवा पुर्याउँदै आइरहेको अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प), उपाध्यक्ष फूलमाया नेम्बाङ आङदेम्बे, सञ्चालक खड्क राई, बुद्धमाया देवान, सुरेन्द्रकुमार शेर्मा, ज्ञानु फियाक, प्रमुख सल्लाहकार जगनसिं सेन जवेगु, लेखा सुपरीवेक्षण समितिका संयोजक बीरवहादुर लावती, केन्द्रीय कार्यालयका प्रमुख व्यवस्थापक कुवेर तुम्बापो, लेखा प्रमुख डिम्पल लिङदेन, बिर्तामोड सेवा केन्द्रका व्यवस्थापक बिक्रम बनेम, झिलझिले सेवा केन्द्र प्रमुख सन्दिप लावोती, महिला उपसमितिका सदस्य मेनुका राईसहित कर्मचारीहरु सहभागि थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *