सुरुङ्गा (झापा), ३० कात्तिक–जिल्लाको दक्षिणी झापा गाउँपालिका–५ रुइमारी टोलस्थित हुक्लाबारी पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय दीपककुमार गणेश रहेका छन्। प्रहरीका अनुसार आज बिहान करिब ९ः३० बजे उनी पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।

स्थानीयले घटनाबारे प्रहरी चौकी शरणामतिमा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा आवश्यक बुझ्ने कार्य अघि बढाएको जनाएको छ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *