प्रधानमन्त्री बालेन शाह

काठमाडौं, १ मंसिर–भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।

मंसिर ७ गते हुने यी भेटवार्तामा नेपाल–भारत सम्बन्ध र दुई देशबीचका आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल एयरलाइन्सको विमानबाट नेपाली प्रतिनिधिमण्डलसहित नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता र एक्लाएक्लै भेटवार्ता हुनेछ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

यद्यपि, यी भेटवार्तामा उठाइने विषय र छलफलका ठोस एजेन्डाबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री शाह मंसिर ६ गते दिल्ली पुग्ने र ७ गतेका भेटवार्ता सकेर स्वदेश फर्किने कार्यक्रम छ ।

यसअघि राजकीय भ्रमणका क्रममा दिल्लीबाहिरका भारतीय प्रदेशमा समेत जाने अभ्यास रहे पनि यसपटक उनको भ्रमण एक दिनमै सीमित हुने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *