काठमाडौं, ३० जेठ–आज शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। नेपालमा यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।

आज नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ। शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *