काठमाडौं, ३० जेठ–नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कदै गर्दा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको बुधबार घर फर्किने क्रममा मृत्यु भएको थियो ।
भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका थिए ।
सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।