एजेन्सी, ३१ जेठ–एसी मिलानसँग गएराती भएको प्रतिष्पर्धा बराबरीमा रोकिएपछि इटालियन जायन्ट युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । अवे गोलका आधारमा युभेन्टस फाइनल प्रतिष्पर्धामा पुगेको हो। दोस्रो लेगमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी अवसर पाएपनि त्यसलाई गोलमा बदल्न सकेनन्।

आउँदो बुधबार कोपा इटालियाको फाइनल प्रतिष्पर्धा हुँदैछ। यो प्रतिष्पर्धामा युभेन्टसले नापोली या इन्टर मिलानसँग प्रतिष्पर्धा गर्नेछ। युभेन्टसले यसअघि १३ पटकसम्म यो प्रतिष्पर्धाको उपाधि हात पारिसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *