काठमाडौं, ३१ जेठ–नेपाल संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ । न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत खालिङ राई सर्वसम्मतिले निर्वाचित भएका हुन् ।

महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटि निकै महत्वपूर्ण कमिटी मानिन्छ । अल्पविकसित देशले सामान्य गर्ने समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन समेत यस कमिटीले हेर्ने भएकाले पनि यो महत्वपूर्ण मानिएको हो ।

राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर भएको नेपाली नियोगले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *