काठमाडौं, ३१ जेठ–भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन्। नयाँ नक्सालाई निशानछापमा समावेश गर्न गरिएको नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएपछि प्रधानमन्त्रीओलीले एउटा कोर्स पूरा भएको बताएका हुन्।

‘नयाँ नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौुं, संसद भवनबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अब भारतसँग वार्ता हुन्छ।’  प्रधानमन्त्री ओलीले भूमि फिर्ता अभियानमा अभूतपूर्व एकता देखिएको भन्दै खुसीसमेत व्यक्त गरेका छन्। ‘केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छसंविधान संशोधनमा अभूतपूर्व एकता देखिएको छु, उनले भने, ‘यो नेपाल र नेपालीका लागि खुसीको कुरो हो।राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो।’

शनिबार दिनभर विधेयकमाथि भएको दफावार छलफलपछि प्रतिनिधिसभामा तत्काल उपस्थित २५८ सांसदले सर्वसम्मतले संविधान संशोधनको पक्षमा मद हालेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले अभूतपूर्व एकता देखिएको बताउँदै भारतसँगको वार्ता पनि अघि बढ्ने विश्‍वास दिलएका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *