काठमाडौं, ३१ जेठ–कोरोना महामारीबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ। दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। स्वास्थ्य मन्त्रायको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका हुन्। उनका अनुसार वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

वीरगञ्‍जको घण्टाघरमा मृत भेटिएका करिब २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्‍टि भएको हो। उनको नाम ठेगाना भने खुल्न सकेको छैन। त्यसैगरी, बाराको निजगढ नगरपालिका–६, योजना टोलका ५ वर्षीय बालकको पनि कोभिड–१९ बाट मृत्यु भएको हो। गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

वीरगञ्जस्थित प्रयोगशालाबाट आज बिहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना भाइरस पोजेटिभ देखिएको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *