अनिलदेब राई/झिलझिले, ३१ जेठ–झापाको शिबसताक्षी नगरपालिकाको वडा नं ११ मा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आज वृहत बृक्षारोपण गरिएको छ । स्थानीय झिलझिले भेट्रन क्लब, सतासीधाम सामुदायिक बन उपभोत्ता समुह झिलझिले र शिबसताक्षी वडा नं ८ को संयुक्त आयोजनामा सताक्षीधाममा फलफूलसहित २ सय बढी जातका विरुवाहरु वृक्षारोपण गरिएको हो ।

पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा हङकङमा बसोबास गर्नुहुने शिबसताक्षी नगरवासीहरुले बनभोज स्थल निर्माण गरिदिएका छन् । शिबसताक्षी नगरपालिकाको विभिन्न वडाहरुमा घर भएर हालः हङकङमा रोजगार गर्दै आइरहनु भएका सहयोगी र मनकारी दाताहरुले सङ्कलित रुपैयाले सताक्षीधाममा व्यवस्थित बनभोज क्षेत्र निर्माण गरिदिएका छन् । सो सहयोग रुपैयाले बनभोजका निम्ति विभिन्न स्थानबाट आगान्तुकहरुलाई वस्ने तथा आराम गर्ने प्रतिक्षालय, पिउने पानी, खाना पकाउने चुलाहरु, सौचालय र सेकुवा कर्नरहरु बनाइदिएका छन् ।

सोही, स्थानमा झिलझिले भेट्रन क्लबको मुख्य आयोजनामा सतासीधाम सामुदायिक बन उपभोत्ता समुह र शिबसताक्षी वडा नं ८ को सहकार्यमा वृक्षारोपण गरिएको झिलझिले भेट्रन क्लबका अध्यक्ष एबम् झिलझिलेका सामाजिक अगुवा बजरङ्ग अग्रवालले जानकारी दिए । अध्यक्ष अग्रवालका अनुसार वर्षात सुरुसँगै फलफुल लगायतका विभिन्न जातका विरुवाहरु सताक्षीधामको बनभोज स्थलमा लगाइएको हो । उनले विरुवाहरु रोपेर मात्रै आफु ढुक्क नहुने र त्यसलाई समय समयभित्र हेरचार र गोडमेलको व्यवस्था पनि गरिने बताए ।

सो अवसरमा शिबसताक्षी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केहरसिंह वस्नेत, झिलझिलेका अग्रज खेलाडी तथा सामाजिक अगुवा पर्वत थुलुङ राई, समाज सुधार क्लब झिलझिलेका अध्यक्ष राजु तिखत्री, शुलभ बचत तथा ऋण सहकारी संस्था झिलझिलेका व्यवस्थापक बचत राई लगायत झिलझिलेका युवा व्यवसायीहरु, सामाजिक तथा खेलप्रेमी र शुभचिन्तकहरुको ठूलो संख्यामा उपस्थिति थियो । फोटो फिचरः

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *