एजेन्सी, ३१ जेठ–भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको छ। पाकिस्तानी पत्रिका डनका अनुसार पूर्वप्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उनकै छोरा कासिमले ट्वीटमार्फत सार्वजनिक गरेका छन्।

पाकिस्तानी पूर्वप्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए। गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट सङ्क्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गरेका डनले समाचारमा उल्लेख गरेको छ।

पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या शनिबारसम्म एक लाख ३४ हजार ६ सय ६७ पुगेको छ भने दुई हजार ५ सय ७४ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ। डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाइका लागि बिहीबार उपस्थित गराइएको थियो। उक्त समय पूर्वप्रधानमन्त्रीले कैयौँ वकीलहरूमा सङ्क्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाइका लागि आफू प्रत्यक्ष हाजिर नहुनेगरी व्यवस्था गरिदिन आग्रह गरेका डनले लेखेको छ।

पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौं उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीसमेतलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *