काठमाडौं, ३१ जेठ–पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदी कोरोनाबाट संक्रमित भएका छन्। उनले ट्‍विटरमार्फत आफूलाई कोरोना संक्रमणबारे पुष्टि गरेका छन्। ‘केहि दिनदेखि म अस्वस्थ थिएँ ।

बिहीबार स्वास्थ्य झन् बिग्रियो। परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको रहेछु, उनले लेखेका छन्, ‘तपाईंहरुको माया र आशीर्वादले कोरोना लागे पनि आत्तिएको छैन।’

दक्षिण एसियामा भारतपछि पाकिस्तान धेरै कोरोना संक्रमित भएको मुलुक हो। जहाँ हालसम्म १ लाख ३६ हजारलाई कोरोना संक्रमण देखिएको छ। २ हजार ५ सयले त ज्यान नै गुमाइसकेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *