काठमाडौँ, ३२ जेठ–सरकारले आउँदो असार १५ गतेदेखि दैनिक १० हजार जनामा कोरोना संक्रमण भएरनभएको परीक्षण गर्ने भएको छ। संक्रमण फैलँदै गएपनि कछुवाको गतिमा परीक्षण भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले अबको दुई साताभित्र दैनिक परीक्षणको दायरा बढाएर १० हजारसम्म पुर्‍याउने तयारी गरेको हो।

परीक्षणका लागि नेपालमा सबै कुराको सहज व्यवस्थापन भए दैनिक १० हजारसम्ममा परीक्षण गर्न सकिनेछ। यो संख्यामा परीक्षणको दायरा बढाउन समस्या पनि छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरा बढाउन गृहकार्य थालिसकेको छ। तर कोरोना भाइरस नयाँ भएको र पहिलेबाटै तयारी नगरिएकाले तत्काल परीक्षण संख्या बढाउँदा व्यवस्थापनमा भने असहज हुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

पछिल्लो एक सातायता पीसीआर विधीबाट भैरहेको परीक्षणको दायरा भने बढाउँदै लगिएको उनले बताए। ‘जनशक्ति व्यवस्थापनदेखि उपकरणहरूको व्यवस्था पनि सोहीअनुसार गर्नुपर्छ, परीक्षणमा खटिने जनशक्ति र परीक्षण गर्ने रिएजेण्ट व्यवस्था गर्नुपर्छ’ गौतमले भने, ‘एक हप्ता अगाडिसम्म दैनिक दुई हजारदेखि २५ सयसम्म नमुना परीक्षण भैरहेको थियो, अहिले पाँच हजार ५०० हाराहारीमा पुगेको छ, त्यसैगरी बढाउँदै लैजान्छौं।ु व्यवस्थापन गर्दै परीक्षण संख्या बढाइने गौतमले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *