धरमपुर, ३२ जेठ–झापाको धरमपुरमा आज १६६औं विश्व रक्तदाता दिवस धुमधामले मनाइएको छ । दिवसको अवसर पारेर धरमपुरमा आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा १६ महिलासहित ६३ जनाले रक्तदान गरेका थिए भने शिबसताक्षी नगरभरी सवै भन्दा बढी पटक रक्तदान गर्नुहुने दुई जना रक्तदातालाई सम्मान गरिएको थियो ।
यसरी सम्मानितहुनेहरुमा महिलातर्फ शिबसताक्षी–१ धरमपुरकी जयकुमारी चेम्जोङ र पुरुषतर्फ शिबसताक्षी–११ दुधेका छविलाल दवाडी छन् । चेम्जोङले १५औं पटक र दवाडीले ६३औं पटक रक्तदान गरेका छन् । दवाडी राष्ट्रिय रमरिर्णय आर्दश माध्यमिक विद्यालयका कर्मचारी हुन् भने पत्रकारितामा समेत कार्यरत छन् ।
त्यस्तैं, चेम्जोङ धरमपुर वचत तथा ऋण सहकारी संस्था लगायत दर्जनौं संघसंस्थामा कार्यरत छन् । उनी नेपाली कांग्रेस पार्टी शिबसताक्षी नगरकी नेत्री हुन् । उनी, यसअघि सम्पन्न स्थानीय चुनावमा शिबसताक्षी नगरपालिकाको उपप्रमुखकी उपबिजेता हुन् ।
दुबै सम्मानितलाई नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष एबम् कार्यक्रमका प्रमुख अतिथि लोकराज ढकालले सम्मानपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
रक्तदान तथा सम्मान कार्यक्रम सतासीधाम जेसीजको आयोजनामा भएको थियो । जेसीजका अध्यक्ष कुमार साँवाका अनुसार रक्तदान कार्यक्रममा प्रांविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापा शाखा र रक्तसंचार विभाग सेवा भद्रपुर–विर्तामोडको थियो ।
रक्तदानमा सहभागीहरुलाई सामाजिक तथा भौतिक दुरीसहित स्वास्थ्य सामाग्रीहरु प्रयोग गरिएको थियो । कार्यक्रममा झापा उद्योग वाणिज्य संघ शिबसताक्षी शाखाका अध्यक्ष भोला मैनाली, जीवन चक्र समाज नेपाल दमकका अध्यक्ष एबम् सवारी दुर्घटना न्यूनिकरण र रक्तदान सम्बन्धी अभियान्ता गणेशप्रसाद गौतम, धरमपुर साकोसका अध्यक्ष दीपकुमार श्रेष्ठ, व्यवस्थापक बिनोद ढकाल लगायतका स्थानीय सामाजिक तथा राजनीति व्याक्तित्वहरुको उपस्थिति थियो ।
