हेटौंडा, ३२ जेठ–मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ की एक सुस्त मनस्थिति महिला बलात्कारको सिकार भएकी छन्। गत जेठ २४ गते दिउँसो १२ बजे २५ वर्षीया अविवाहित ती महिलालाई पैसाको प्रलोभनमा पारेर मकैबारीमा लगी बलात्कार भएको मकवानपुर प्रहरीले जनाएको छ।

पीडितको पक्षबाट जेठ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ। घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। पीडित पक्षले दिएको उजुरी अनुसार प्रतिवादीलाई प्रहरीले खोजिरहेको जनाएको छ। मेडिकल रिपोर्ट र थप अनुसन्धानबाट अदालतमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *